चैत्र २३, पर्वत,
पर्वतको फलामखानी गाविसका ८६ वर्षिय रामकाजी गुरुङ्को व्यक्तिगत लगानीमा स्याङजाको आरुचौर गाविसमा रहेको घण्टे उच्च माध्यामिक विद्यालयमा ६ कोठे पक्की भवन निर्माण भएको छ ।
विक्रम संवत २०१० सालमा आफ्नै पहलमा स्थापना भएको विद्यालयमा गुरुङले कुल ४१ लाख १३ हजार रुपैंयामा विद्यालय भवन निर्माण भएको हो । बेलायती सेनाबाट निवृत्त गुरुङ्ले आफ्ना पिता घनप्रसाद गुरुङ्, माता पाना गुरुङ् र सानीआमा देउकुमारी गुरुङ्को स्मृतीमा स्थापना गरेको अक्षयकोष मार्फत विद्यालय भवन निर्माण गर्नुभएको हो । नवनिर्मित भवनमा विद्यालयको उच्च मावि संचालन हुने विद्यालयले जनाएको छ । अक्षयकोषमा गुरुङले पा“च लाख रुपया“ राख्नुभएको छन् । वार्षिक रुपमा प्राप्त हुने अक्षयकोषको व्याजबाट विद्यालयमा एसएलसीको परिक्षामा उत्कृष्ट हुने एकजना छात्रालाई १० हजार रुपया“, वार्षिक परिक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई १५ हजार रुपया“ र जेहेन्दार तथा गरिब १० विद्यार्थीका लागि १० हजार रुपया“ वितरण गरिने रामकाजीका जेठा छोरा जीवन गुरुङ्ले बताउनुभयो ।
आर्थिक रुपमा सम्पन्न गुरुङ्ले समाजसेवीका रुपमा गाविसमा रहदा समेत गरिब र दलित वर्गका छिमेकीलाई नगद सहित विभिन्न सहयोग गर्ने गरेको स्थानीयले बताए । विद्यालयको ५९ औं अभिभावक दिवसका अवसरमो भवनको स्याङ्जाका जिल्ला शिक्षा अधिकारी संगिता रेग्मी र दानबीर रामकाजी गुरुङ्ले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
Loading...