Listen Live Online Radio › › ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
चैत्र २८, पर्वत,
केही दिन यता लगातार परेको असिना पानीले पर्वतको पाङ्गराङ्ग गाबिसमा लाखौ रुपैयाको तरकारीको बीउ नष्ट गरेको छ । तीन देखि परेको असिना र पानीले १० लाख बराबरको काक्रो, गोलभेंडा लगायतका तरकारीको बीउ नष्ट गरेको हो ।
पाङ्गराङ्गको ५ र ६ कर्नास र रागमास गाउँका कृषकहरुले बार्षिक रुपमा २० देखि ३० लाख रुपैयाको तरकारीको बीउ उत्पादन गर्दै आएको तर यस बर्ष १५ लाख रुपैया बराबरको बीउ पनि उत्पादन नहुने नारायणस्थान बीउ उत्पादक सहकारी कर्नासका कोषाध्यक्ष बिश्वनाथ उप्रेतीले जानकारी दिनुभयो ।
बेमौसममा परेको पानीले गोलभेडामा डढुवा समेत लाग्ने भएकाले उत्पादन अझै घट्ने उपंरेतीले बताउनुभयो ।
Loading...