Listen Live Online Radio › › ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
बैशाख ३, पर्वत ,
वातावरणमा आएको प्रतिकुलताका कारण लामो समयदेखि गाउँमा रहेका पानीका मुलहरु सुक्न थालेपछि पानीका मुहान जोगाउन र सामुदायिक वन समेत हराभरा बनाउन पर्वतको एक वन समुहले डाँडामा पोखरी बनाउन शुरु गरेको छ ।
जिल्लाको खौलालाँकुरी गाविसमा रहेको खोरथापे सामुदायिक वन समुह ले वनको पुछारमा रहेका पानीका मुलहरु जोगाउन यस्तो अभियान चलाएको हो । सुख्खा समयमा पानीको अभाव टार्न तथा वन वरिपरि रहेका पानीका मुहानहरु संरक्षणको लागी यस्ता पोखरीहरु निर्माण गर्न लागिएको समुहले जनाएको छ । पोखरी निर्माणका लागी ३ लाख खर्च गरिने भएको छ ।
जलवायु परिवर्तनको असरवाट गाउँमा रहेका खानेपानीका मुहानहरु सुक्न थालेकाले यस्तो अभियान चलाएको वन समुहका अध्यक्ष ओम प्रकाश सुबेदीले बताउनुभयो । लामो समयदेखि हामीले खाँदै आएका पानीका मुहानहरु आधाजसो सुकिसकेका छन् ।
Loading...